क्वारेन्टाइनमा बस्दै आएका ११ जनालाई घर फर्के

268

रौतहट २७ चैत । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा कोरोना संक्रमणको आशंकामा भारत तथा विभिन्न ठाउँबाट आएर बसेका ३९ जना मध्ये ११ जनालाई एक कार्यक्रम गरि घर फर्काईएका छन् ।

क्वारेन्टाइन अवधिभर कोरोना संक्रमणको कुनै पनि लक्षण नदेखिएपछि चिकीत्सकहरुको सिफारिसमा उनीहरुलाई घर पठाईएको ईशनाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले जानकारी दिनुभयो । नेपाल लगायत विश्वभरी कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहदाँ भारतसँग सिमा जोडीएको ईशनाथ नगरपालिकाले विभिन्न नाकाहरुबाट संक्रमितहरु नेपाल प्रवेश गर्ने सम्भावना रहेको भन्दै विशेष निगरानी समेत बढाएको छ । कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनले समस्यामा परेका नगर क्षेत्रका दैनिक ज्यालादारी गर्ने, अति विपन्न तथा दलित समुदायलाई नगरपालिकाले खाद्यान्न वितरण पनि शुरु गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले जानकारी दिनु भयो ।

सो विदाई कार्यक्रममा ईशनाथ नगरपालिकाका योजना प्रमुख दिनेश प्रसाद कुशवाहा, स्वास्थ्य संयोजक इसराजुल खाँ, रामानन्द साह, जिन्सी प्रमुख दिपेश रौनियार, नेपाली सेनाका प्रतिनिधि, सशस्त्र प्रहरीका प्रतिनिधि, नेपाल प्रहरीका प्रतिनिधि लगायत वडा नं ३ का वडा ध्यक्ष राम कैलाश राउत तथा स्थानीय प्रतिनिधिहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
साथै क्वारेन्टाइन अवधि भर चुस्त दुस्तका साथ सरसफाई तथा खानेकुरामा कुनै किसिमको असुविधा कमीकमजोरी भएमा कार्यवाही गरिने निर्देशन निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले कर्मचारीहरु तथा स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनु भयो ।