रौतहट प्रहरीले हतियारसहित २ जनालाई पक्राउ

869

रौतहट २७ फागुन – रौतहट प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छन। गढिमाइ नगरपालिका वडा नम्बर ६ स्थित बागमति पुलबाट २ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सर्लाही धनकौल गाउपालिका ६ का २८ वर्षिय राजेश महरा र २१ वर्षीय जयनारायण राम पक्राउ परेको हो ।
गएराति लगभग९ बजेको समयमा हतियारसहित रौतहट आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने एसएलआर को ३ थान गोली बरामद भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गरुडाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।