राैतहट सशस्त्र प्रहरीले २ थान हतियार सहित एक जना पक्राउ

728

रौतहट, ३ चैत । अबैध चाइनिज पेस्तोल र नकलटुवा बन्दुक सहित सशस्त्र प्रहरीले रौतहटले एक जना व्यक्तिलाई पक्राउ गरेको छ । यमुनामाई गाउँपालिका वडा नम्वर ३ राजपुर तुल्सिका ४९ बर्षिय शेख बैतुल्लालाई हतियार र गोलीगठा सहित सोमवार विहान साढे ९ बजेको समयमा सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीको ११ नम्वर गण रौतहटका अनुसार सशस्त्र प्रहरीको वेश क्याम्प फतुवाबाट सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर रायमाझीको कमाण्डमा खटिएको सुरक्षा गस्ती टोलीलाई प्राप्त भएको सुराकीको आधारमा विआर ०५ टि ८१३६ नम्वरको भारतीय मोटरसाइकललाई रोकी चेकजाँच गर्दा एक थान म्याग्जीन सहितको चाइनिज पेस्तोल, ७.६५ मिमिको गोली २ राउण्ड, नलकटुवा बन्दुक १ थान, घडी एक थान, मोवाइल २ थान, नगद ३४८०, साउदी नोट १ थान, सवारी अनुमती पत्र, नेपाली नागरिकता एक थान सहित बैतुल्लालाई पक्राउ गरिएको छ । पक्राउ परेका बैतुल्लालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मामा लगाइएको सशस्त्र प्रहरी उपरिक्षक रबिनराज कर्णजितले जानकारी दिए । प्रहरी उपरिक्षक कर्णजितले पछिल्लो केही समय देखि शेख बैतुल्ला हतियारको कारोवारमा संलग्न रहदा उनी माथि सशस्त्र प्रहरीले निगरानी राखेका थिए र आज सोही क्रममा हतियार गोली गठा सहित पक्राउ गर्न सफल भएको बताए ।