राजदेवी नपामा ५० शैयाको क्वारेन्टाईन

265

रौतहट बिश्वब्यापी महामारीको कोरोना भाइरसलाई मध्य नजर गर्दै रौतहट जिल्लाको राजदेवी नगरपालिकाले ५० शैयाको क्वारेन्टाईन कक्ष संचालन गरेको हो ।
राजदेवी नगरपालिकाले वडा नं ७ मा रहेको श्री नेमधारी बासुदेव नमुना विद्यालय मुड़वलवामा शैयाको क्वारेन्टाईन संचालन गरेको हो ।
कोरोना भाइरसको संक्रमणबाट बेला मा बच्नका लागि क्वारेनटाइन निर्माण गरेको नगर प्रमुख धिरेन्द्र कुमार सिंह र निमित्ति प्रशासकीय अधिकृत संजय पांडे ब्यबस्थापन गरेको छ । शुरु गरिएको क्वारेन्टाईन निर्माणको काम पुरा भइसकेको र आज देखी क्वारेन्टाईन सञ्चालन पनि हुने मेयर सिंहले बताउनुभयो । क्वारेन्टाईनको काम पुरा भइसकेको र अहिले मेसको व्यवस्थापन गर्ने काम भईरहेको छ ।
मेसको व्यवस्थापन भएपछि आजै देखी क्वारेन्टाईन सञ्चालन हुने मेयर सिंहले जानकारी दिनुभयो । क्वारेन्टाईन कक्षमा सीएमए, एचए, अहेव देखी लिएर तहसम्मका डाक्टरहरुले २४ औं घण्टा सेवा दिने मेयर सिंहले बताउनु भयो ।