भारतसंग जोडिएका रौतहटको तिन वटा नाका बन्द, सिमावर्ती क्षेत्रमा उच्च सुरक्षा व्यवस्था

1011
गाैतम

प्रभातकुमार झा
रौतहट, ९ चैत । रौतहट जिल्लाको भारत संग जोडिएको तिन वटा छोटी भन्सारबाट आवागमन आईतवार देखि बन्द गरिएको छ ।
भारतमा कोरोना भाइरस तिव्र रुपमा फैलिरहदा नेपाली जनतालाई सुरक्षित राख्नका लागि रौतहट जिल्लाको तिन वटा छोटी भन्सारको नाका आज देखि स्थानीय प्रशासनको आदेशमा बन्द गरिएको हो ।
कोरोना भाइरसको उच्च जोखिममा रहेको नेपालका जनताहरुलाई सुरक्षित राख्न तथा छिमेकी राष्ट्र भारतमा तिव्र गतिमा फैलिरहेको कोरोनाको माहामारीको अवस्थालाई मध्य नजर राख्दै भारत संग रौतहटको जाडिएको सिमा नाका भएर आवत जावत गर्नमा पूर्ण रोक लगाउने उद्देश्यबाट छोटी नाका लक्ष्मिपुर वेलविछवा, औरैया र बंकुललाई आजबाट पूर्ण रुपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
रौतहटको मुख्य नाका गौर भन्सारलाई तत्काल बन्द नगरिएपनि कडाईका साथ चेकजाँच भएर मात्रै जान आउन दिइरहेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए । सुरक्षालाई प्रमुख प्राथमिकतामा राख्दै छोटी नाकाहरु बाहेक रौतहटको ३२ किलोमिटर सिमावर्ती क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर निगरानी बढाइएको समते उनले बताए ।
भारतमा विहान ७ बजे देखि राति ९ बजे सम्म लगाइएको जनता कफ्युको समयमा पनि करिव २५० जना नेपाली नागरिक गौर नाका भएर नेपाल प्रवेश गरेको बताउदै प्रजिअ घिमिरेले प्रवेश गरेका नागरिकलाई उच्च सतर्कता अपनाई चेकजाँच गरेर मात्रै प्रवेश हुने अनुमती दिइएको छ ।
कोरोना तपाईको घरमा आफै आउदै, जव तपाई बाहिर निस्कनु हुन्छ असावधानीको कारण तपाई संगै घरमा प्रवेश गरेर सवैलाई संक्रमित बनाउने भएको हुँदा कृपया घरबाहिर केही दिन निस्कनु हुदैन, व्यापार विजनेश केही दिनको लागि थप्प गरेर आफनो परिवार संगै घरमा बसेमा मात्रै यो महामारीबाट जोगिन सक्ने भएको हुँदा रौतहटबासी संग प्रजिअ घिमिरेले अपिल गरे ।
कम्तीमा दुई साता सम्म बाहिरी संसर्ग नभएमा आफै कोरोनाको त्रास समाप्त हुनेछ र अरुपनि यस्तो प्रकारको महामारीबाट जोगिने हुँदा नेपाल सरकार स्वास्थ्य मन्त्रालय र डब्लु एच ओ ले जारी गरेको गाइडलाईन लाई पालना गर्न नितान्त आवश्यक रहेको समेत उनले जिल्ला बासी संग आग्रह गरे ।