भारतमा ज्यान गुमाउनेको संख्या २७ पुग्यो

302

काठमाडौं, चैत्र १७ : कोरोना भाइरसको संक्रमणबाट छिमेकी मुलुक भारतमा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।

१ हजार २४ जना संक्रमित भएका छन् । यस्तै संक्रमितमध्ये ९५ जनाले उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्किएका छन् । बढ्दो संक्रमणलाई लक्षित गरी भारत सरकारले २१ दिन लक डाउन गरेको छ । अहिले लकडाउन जारी छ ।