पुर्ब मन्त्री तथा काङ्ग्रेस नेता तप्त बहादुर बिस्ट चढेको नगरपालिकाको गाडी प्रहरीको नियन्त्रणमा।

3939

खगेन्द्र हमाल सुर्खेत, ९ चैत । शनिबार साझ-६:०० वजे बिना पास पुर्व सुचना तथा संचार राज्य मन्त्री तप्त वहादुर विष्ट चढेको पन्चपुरी नगरपालिकाको गाडी बिध्यापुर प्रहरी चौकीले नियन्त्रणमा लिएको छ। हाल सम्म पनि उक्त गाडी प्रहरीको नियन्त्रण मै रहेको छ।पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापाले चढने बा २ झ ३४९७ नम्बरको गाडी शनिबार यसरी दुरुपयोग भएको छ । शनिबार विहान पूर्व मन्त्री तप्तबहादुर विष्ट सहितको टिमलाई लिएर विद्यापुर क्रस गरेको गाडी साँझ फर्किने बेला विद्यापुर प्रहरी चौकीले नियन्त्रणमा लिएको हो।

शनिबार बिहाना प्रहरीले चकपोस्टमा रोक्न खोज्दा गाडीको स्पिड तिब्र भएकोले प्रहरीले नियन्त्रण गर्न असफल भएको थियो।चेकजाँचमा कडा निगरानी गरेको प्रहरीले साझँपख फर्कदा गाडी नियन्त्रणमा लिएको हो।गाडीको कागजात नआएसम्म गाडी नछोडने प्रहरीले जानकारी दिएको छ।फर्किने बेलामा गाडीमा आठ नम्बरका वडा अध्यक्ष भक्त प्रसाद पौडेल र ड्राइभर रहेको प्रहरीले जनाएको छ। स्थानीयका बासिका अनुसार उक्त सरकारी गाडी नेपाली काँग्रेसका उच्च स्तरका नेता कार्यकर्ता ओसारपसार गर्न बारम्बार प्रयोग भइरहेको बताए।शनिबार पूर्व मन्त्री विष्टलाई पुर्याउन गाडी प्रयोग भएको भएपनि यो नै पहिलोपटक नभएको स्थानीयको भनाई छ । नगरप्रमुख उपेन्द्र थापाले भने दादुरा र रुबेलाको खोप सामाग्री लिएर गाडी गएको तर आफू गाडीमा नभएको बताए । विहान पूर्व मन्त्री सहित आफू तातापानी गएको स्वीकार गरेका छन।नियन्त्रणमा रहेकोे गाडी अहिलेसम्म पनि प्रहरी कै नियन्त्रणमा रहेकोे छ।अईन्दा पास नलिई नचलाउने शर्तमा कागज गरेर छाड्ने कुरा रहेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।