नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा

524

काठमाडौं // कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन काठमाडौंबाट गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको छ । शनिबार नेपाल एयरलायन्सको वाइ १२ जहाज अवतरण गर्न लाग्न रनवे नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको हो । अवतरण क्रममा प्राविधिक समस्या आएपछि यस्तो भएको बुझिएको छ । 

दुर्घटनाका कारण कुनै मानविय क्षति भने भएको छैन । बिमानमा रहेको सबै जना सकुसल रहेको बताइएको छ । अब फेरी नेपालगज्जमा कोरोना भाइरसको नमुना लि

अब कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन अर्काे जाने बताइएको छ । दुर्घटनाग्रस्त बिमान प्राविधिक टोलीबाट मर्मत गरिने बताइएको छ ।