नेपालमा कोरोना भाइरसको संक्रमण भएको १ जनाकाे पुष्टि

259

काठमाडौँ // काठमाडौँमा एकजनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया विद्यार्थीमा कोरोना भाइरस पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्राकार सम्मेलनको अयोजना गरी जनाएको छ ।

उनी गत चैत ४ गते काठमाडौंकी आएकी थिइन् ।होम कोन्टाइनमा बस्दै आएकी उनको स्वास्थ्य परिक्षणको क्रममा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जनाकारी दिए । कोरोना संक्रमित ती युवती विद्यार्थी रहेको बताइएको छ ।

यस अघि चीनबाट नेपाल आएका एक युवामा कोरना देखिएको थियो। उनी निको भएर घर फर्किसकेका छन्। कोरोना संक्रमित ति युवतिको अवस्था समान्य रहेको टेकु अस्पतालका निर्देशक डा. सागरराज शर्माले बताए। उनीसँग नेपाल आएकाहरु को को थिए स्वस्थ्य मन्त्रालयले खोजि सुरु गरेको छ।

अघिल्लो सामग्रीयातायात चलाउन बन्द
यसपछिको सामग्रीरौतहट सदरमुकाम गौर सुनसान
Avatar
रौतहट उज्यालो प्रा.लि. गौर रौतहटद्वारा संचालित याे रौतहट टाइम्स डट कम नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनु भएकोमा धन्यवाद । समाचारको लागि +977-9855044536 फोन गर्नुहोस् ।