नेत्र विक्रम चन्द विप्लव र राम बहादुर थापा बादल बिचको त्यो अन्तिम यात्रा( थवाङ)

510

खगेन्द्र हमाल

२०६९ सालको थवाङ्ग यात्रा नै नेत्र विक्रम चन्द विप्लव र राम बहादुर थापा बादल बिचको अन्तिम यात्रा थियो।फागुन १ गते जनयुद्ध दिवस मनाउन थावाङ जाने तत्कालीन नेकपा माओवादी पार्टीको कार्यक्रम तय भएपछि तत्कालीन पार्टी नेतृत्वको टिममा सिपि गजुरेल, गौरव, राम बहादुर थापा (बादल),नेत्र विक्रम चन्द(विप्लव),ईन्द्रमोहन सिग्देल,संतोष बुढामगर लगायत सिङ्गो पार्टी पंक्ति काठमाडौ देखि बुटवल हुँदै थवाङको यात्रामा लाग्यो।साथमा सास्कृतिक परिवारको केन्द्रिय टिम र जिल्लाका स्थानीय कार्यकर्ताहरुको टोलि लगायत पार्टीका मिडियाहरुपनी सहभागी हुने कार्यक्रमसंगै केही मिडियाहरु पनि नेतृत्व पंक्तिसंगै यात्रामा सहभागी भए।

२०६९ साल फागुनको अघिल्लो दिन रोल्पा सुलिचौरबाट फुलिवनसम्म केहि समय गाडीको यात्रा गरेको नेतृत्व पंक्ति सहितको जम्बो टोलिले जब फुलिवनबाट थवाङ जाने यात्रा शुरु भयो त्यहाबाट यात्राका अनेकन किस्साहरु जोडिन पुगे।लामो समयसम्म सहरको बाताबरणमा घुलमेल भएका नेताहरुलाई थवाङको यात्रा निकै सकस भयो।दुई घन्टा लाग्ने बाटो नेताहरुलाई ६ घन्टा लागेको थियोे।जसका कारण नेतृत्वको टिम उवाको तल्लो सानो गाउँतिर बाँस बस्न पुग्यो।हिडाईको त्यो लामो यात्रामा राम बहादुर थापा(बादल),सिपि गजुरेल,ईन्द्रमोहन सिग्देललाई निकै ठुलो सकस परेको थियो।उनिहरुको हिडाईमा परेको अप्ठ्यारोले यात्रा ढिला भयो तर रोचक बन्न पुग्यो।फागुन १ गते पुग्न माघको अन्तिम दिन उवाका तल्लो गाउँबाट सिङ्गो टोलि खाना खानलाई सहिद क.जुवारको गाउँ उपल्लो उवा गयो।जहाँ सहिद क. जुवारकि जीवन साथी सम्झना घर्तिले त्यो टोलिको ब्यवस्थापनका लागि जिम्मेवारी लिएकी थिईन।

यो यात्रामा नेपाल प्रहरीको विशेष टोलि पनि सहभागी थियोे।खाना खाईसकेपछी दिउँसो दुई बजे नेतृत्व सहितको टिम थवाङ बस्नको लागि यात्रा शुरु गर्यो।यात्रा शुरु गर्नुभन्दा पहिले बादल र विप्लवले सहिद जुवारकी आमालाई भेटेर नेतृत्व पंक्ति हिड्न लागेको जानकारी दिए।त्यसपछि बादल र विप्लव सहितको नेतृत्व पंक्ति थवाङ तर्फ लागे।त्यसपछि थवाङको यात्रामा शुरु भए अनेकन खिस्साहरु।राम बहादुर (बादल),सिपि गजुरेल,गौरव र ईन्द्रमोहन सिग्देललाई हिडाईमा निकै अप्ठ्यारो भएपछि विप्लव र सन्तोष बुढा मगरले जिल्लाका कार्यकर्ताहरुलाई घोडाको ब्यवस्थापन गर्न निर्देशन दिएका थिए।यात्राकै क्रममा घोडाको पनि ब्यवस्था भयो।शुरुमा नेताहरु बादल,गजुरेल र गौरवले घोडा चढ्न मन गरेनन बिस्तारै उकालो चढ्न शुरु गरेपछि नेताहरुलाई हिडाईमा धेरै असहज भएको थियोे।विप्लव र सन्तोष बुढा मगरले भने सहजका साथ पैदल यात्रा गरेका थिए।हिडाईमा निकै असहजता देखिएपछि यात्राको बिचमा विप्लवले बादल र गजुरेल तिर ठट्टा गर्दै भने दाईहरु अब युवालाइ नेतृत्व दिएर आरामका साथ बस्नुहोस।विप्लवको यो कुरा सुनेर बादल र गजुरेल मुसुक्क हासे जवाफ फर्काएनन।

थवाङ यात्राको क्रममा हिडाईमा निकै असहज भएपछि बादल,गजुरेल,र ईन्द्रमोहन सिग्देलले घोडा प्रयोग गरे भने विप्लव र सन्तोष बुढा मगर लगायतका नेताहरू भने पैदल यात्रा गरे।त्यसपछि टोलि थवाङको अजम्बरी कम्युनमा पुग्यो।लामो यात्राको हिडाईले गर्दा होला नेताहरु निकै थकित देखिन्थे।त्यसमा पनि सबभन्दा बढी थकित बादल र गजुरेल देखिन्थे।माघको अन्तिम रात नेतृत्व सहितको टोलि कम्युनमा बसाई बस्यो।भोलिपल्ट फागुन एक गते थवाङको ठूलो गाउँमा पुगियो जहाँ त्यहका जनताले नेतृत्व सहितको टोलिलाई अविर र माला लगाएर भब्य स्वागत गरे।स्थानीय जनताको भब्य स्वागत पछि नेतृत्व सहितको टोलिले केही समय त्यही आराम गर्यो।जनयुद्ध दिवसको अवसर पारेर कार्यक्रम ठिक दिउँसो एक बजे शुरु भयो।थवाङमा आयोजीत जनयुद्ध दिवसलाइ नेताहरु सिपि गजुरेल,बादल,विप्लव,र सन्तोष बुढामगर लगायतकले सम्बोधन गरे।सम्बोधनमा बादल र गजुरेलले जनयुद्धमा थवाङले खेलेको भुमिकालाई उच्च प्रसँशा गर्दै सहिदहरुको सपना पूरा गर्ने संकल्प गरे।जनयुद्ध दिवस भब्यरुपमा सम्पन्न भयो।अर्कोदिन थवाङका स्थानीय कार्यकर्ताहरुसंग नेतृत्व टिमले अन्तर्कृया कार्यक्रम राख्यो।जहाँ थवाङका पुराना नेता बरमन बुढा,गोरे दाइ लगयत धेरैजनाको सहभागिता थियो।त्यो अन्तर्कृया कार्यक्रममा बादल र गजुरेलले यति धेरै खुलेर कुरा राख्न सकेनन।विप्लवले कुरा राख्दा कार्यक्रम हलको माहोल एकछिन अर्कै बनेको थियो ।

थवाङ यात्राको दुईदिनको बसाई पछि नेतृत्व सहितको टिम पश्चिम रोल्पाबाट दाङ हुँदै काठमाडौ फर्किएको थियोे।यसरी त्यो यात्रा नै विप्लव र बादलको लागि अन्तिम यात्रा बन्न पुग्यो।पार्टीले गति लिन नलिएको स्पष्ट कार्यदिशा र कार्यक्रम बन्न नसकेको भन्दै विप्लवले त्यसपछि तत्कालीन पार्टी अध्यक्ष मोहन बैद्य किरण र महासचिव राम बहादुर थापा बादलसंग बैचारिक अन्तरसंघर्ष संचालन गर्न थाले।पार्टीमा किरण र बादलले एकलौटी गरेर पार्टीलाई दिशाहिन बनाएको भन्दै विप्लवले २०७१ सालको मङ्सिर ८ गते नयाँ पार्टी निर्माण गरे।विप्लवले पार्टीलाई थप गति दिदै नयाँ धार खडा गर्दै अगाडि बढ्न थालेभने आफुहरु रहेकोे पार्टी गतिशील बन्न नसकेको भन्दै बादलले बैद्यलाइ छोडेर प्रचण्डको पार्टीमा बिलय हुन पुगे।आज आएर ईतिहास निकै रोमान्चक बनेको छ।प्रचण्डलाई लाल गद्दार रअको एजेन्ट भन्ने राम बहादुर थापा बादल कुनैबेला बैद्य र विप्लवसंग एउटै पार्टीमा रहेर लामो क्रान्तिको उद्धघोष गरेका थिए।तर आज आएर उनी आफैल लाल गद्दार भनेको पार्टीमा पुगेर नयाँ स्वरुपमा खडा भई विप्लवलाई सिध्याउने मिसनमा छन।

कुनै फिल्मको चित्र जस्तै लाग्ने बादलको राजनीतिक रोल आज आउँदा फिल्म जस्तै देखिन्छ।नेपालको व्यवस्था परिवर्तनका निम्ति महान १० बर्षिय जनयुद्ध लडेका आफ्नै सहयात्रीहरुलाई यसरी सिध्याउने मिसनमा लागेका बादलको राजीनितिक रोललाई नेपाली जनताले मात्रै होइन ईतिहासले पनि एकदिन निर्मम समिक्षा गर्नेछ।आफैले प्रतिक्रियाबादी भनेको ब्यवस्था र पछि त्यही व्यवस्था भित्र पुगेर हिजोका आफ्नै सहयोद्धाहरुलाई प्रतिबन्ध लगाउने बादललाई ईतिहासले निर्मम समिक्षा गर्नेछ।त्यसपछि विप्लवले क्रान्तिकारी आन्दोलनलाई नयाँ शैलीबाट अगाडि लजाने उधघोष सहित अहिले नयाँ अभियान शुरु गरे भने उनको अभियानमा प्रमुख तगारो बनेर बादल उभिएका छन।विप्लवको राजनीतिक लडाइ कहाँ पुगेर बैठान होला त्यो भने केही समय कुर्नै पर्नेछ।तर जित भने सत्यकै हुनेछ ।