गरुडा र माधवनारायण नपामा बाल सम्बृद्धि सम्बन्धि परिकल्पना निर्माण

324

रौतहट । रौतहटमा पालिका स्तरिय सामुदायिक परिकल्पना निर्माण सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । वल्र्ड भिजनको सहयोग र ग्रामिण विकास केन्द्र नेपालको सहकार्यमा रौतहटको गरुडा र माधव नारायण नगरपालिकामा सामुदायिक परिकल्पना निर्माण सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । शनिवार माधवनाराण नगरपालिका र आईतवार गरुडा नगरपालिकामा सम्पन्न कार्यक्रममा सामुदायिक परिकल्पना निर्माण सम्पन्न भएको कार्यक्रम संयोजक पुनम ठाकुर बताईन । नगर प्रमुख,उपप्रमुख,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,सम्बन्धित शाखा प्रमुख,पालिकाका प्रधानाध्यपकहरु,स्वयमसेविकाहरु,स्थानिय राजनितिक दलका सदस्यहरुको उपश्थितिमा भएको कार्यक्रममा पालिकाबाट सकंलन गरिएका तथ्याङ्कहरुको प्रस्तुति तथा पहिचान गरिएका समस्याहरुको पुर्नपुष्टि गरिएको थियो । त्यस कार्यक्रमबाट अगामी १०बर्षका लागि समुदायको बाल सम्बृद्धिको परिकल्पना निर्माण गरिएको आर डि सी नेपालका अध्यक्ष पारस हुसैनले बताउनु भयो । साथै निर्माण गरिएका परिकल्पनाहरु प्राप्तगर्न सहयोगी हुन सक्ने साझेदारहरुको पहिचान समेत गरिएको थियो ।