कोरोना भाईरसमा अहिलेकाे समयमा सतर्कता अपनाउनु डा.देवान

484

कोरोना भाइरसको जोखिम प्रति उच्च सतर्कता अपनाउँदै डा.ओजिर देवान बताएका छन ।विश्वब्हायापी माहामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बाट कतिपय देशमा हजाराैं ज्यान समेत गुमाई सकेका छन भने लाखौं व्यक्ति उपचारका लागी क्वारेनटाइनमा बसीरहेको अवस्थामा कोरोना भाइरसका संक्रमण देवान भने सतर्कता अपनाउने एकदमै जरुरी छ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि देवानले महामारी सम्बन्धी जनचेतना समेत सम्पन्न गरेको छ । कोरोना भाईरस सर्ने तथा बच्ने उपायका बारेमा जानकारी गराउदै डा.ओजिर देवान भने सोही नेपाली जनतालाई साबुन पानिले कति समय र कसरी हात सफा गर्नै भन्ने बारेमा जानकारी गराए। कोरोनाको संक्रमण हाम्रो स्वास नलिमा नपुगेसम्म शरिरमा कुनै पनि हानी नगर्ने बताउदै आलमले त्यसको लागी छिन/छिनमा साबुन पानीले हात धुनुपर्ने बताएका थिए । अहिले वालबालिकालाई अहिलेकाे मौसममा आएको बदलीले रुघाखोकी लाग्ने, रातीमा कडा ज्वरो आउने र औषधी सेवन गरेपनि निको नहुने समस्या देखिन थालेको भने चिकित्सक संंघ छिटो चेक जाच गराउनुु डा.ओजिर देवानले भनकोछ।

बालबालिकामा कडा रोग लागेको हो कि भन्ने चिन्तामा अभिभावक अस्पताल अाउन थालेका छन् । अधिकांशमा कडा ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, श्वासप्रश्वासमा समस्या भएका बिरामी पनि छिटो जाच गराउनु डा.देवानले भने।

कोभिड १९ फैलने_चरण: (साभार) कोभिड १९ लाई फैलाईको आधारमा ४ चरणमा बर्गिकरण गरिएको छ।

पहिलो_चरण- बिदेशबाट आएकाहरूमा मात्र कोभिड १९ पोजेटिभ देखिने चरण!

दोस्रो_चरण- बिदेशबाट आएकाहरूको आफन्त वा उनीहरूको सम्पर्कमा भएकाहरूमा मात्र कोभिड १९ पोजेटिभ देखिने चरण!!

तेस्रो_चरण- कहिँ कतै नगएका र बिदेशबाट आएकाहरूको सम्पर्कमा पनि नरहेकाहरूलाई कोभिड १९ पोजेटिभ देखिने चरण!!!

चौथो_चरण- महामारीको चरण! अबस्था: चीन र इटली चौथो चरणमा गुज्रीरहेको छ। भारत तेस्रो चरणमा प्रवेश गर्दैछ। नेपाल पहिलो चरणमा छ।

क) चीन:- भाइरस नयाँ भएको कारण चीनलाई भाइरसको बारेमा थाहा पाउनै झल्डै तीन हप्ता लाग्यो। त्यतिन्जेल यसले तेस्रो चरण पार गरिसकेको थियो।

ख) इटली:- भाइरसको बिषयमा इटलीलाई पूरा जानकारी भैसकेको थियो। इटली दूरिमा भर परे। एशियामा फैलिएको हो, यूरोपमा हामी छौं,- भन्ने नै इटलीको ठूलो भ्रम भयो। साथै जनताले पनि सजगता, पूर्व तयारी र सरकारले भनेको कुनै पनि आदेशको सहि पालना गरेनन्। यसकारण इटलीसंग पहिलो चरणमै कोभिड १९ रोक्ने सामर्थ भएता पनि उसको हेलचेक्र्याईं र अनआज्ञाकारीताको कारण पहिलो चरणबाट एकै पटक चौथो चरणमा पुग्नु पर्यो।

ग) भारत:- भाइरसको बिषयमा पूर्ण जानकारी भारतलाई छ। यसलाई रोक्न पूर्ण रूपले लागिपरेको पनि छ। तर इटलीको जनताझैं भारतीय जनताको अटेरिपन र हेलचेक्राईं नै, भारत,- तेस्रो चरणमा पुग्नुको कारण बनेको छ।

घ) नेपाल:- भाइरसको बिषयमा पूर्ण जानकारी छ। सजगता, पूर्व तयारी र सरकारको आदेश पालन गर्ने हो भने, पहिलो चरणमै भाइरसलाई रोक्न सक्छौं। बर्तमान_परिस्थिती: चौथ चरण भएर गुज्रीएको चीन र इटलीको कोभिड १९ अबस्था वर्णन नै गर्न नसकिने खालको छ। अर्थात् भयाबह छ। त्यो तपाईं हामीले सोंचेभन्दा अति धेरै भयानक छ। भारतको स्थिती डरलाग्दो बन्दै गएको छ। समीक्षा: हामीलाई दोस्रो र तेस्रो चरणसंग भिड्न धेरै नै गाह्रो हुनेछ। चौथो चरण त परको कुरा हो! त्यसैले हामीले कोभिड १९ लाई पहिलो चरणमै हराउनु बुद्धिमानी हुनेछ। र यो सोचें भन्दा सजिलो पनि छ।

सावधान:

क) लकडाउनको पालन गर्ने!

ख) घरबाट बाहिर निस्कँदै ननिस्कने!

ग) हात धोइरहने!

घ) मास्कको प्रयोग गर्ने!

ङ) सहि सुचना लिने र दिने!

छ) भिड र हुलबाट टाढा रहने!

ज) खोक्दा, ह्याछिउँ गर्दा मुख छोप्ने!

झ) कोभिड १९ लक्षण देखिए तुरून्त अस्पताल जाने! शंकास्पद सबैको परीक्षण अनिवार्य गराउनु भनेका छन।