सामाजिक सञ्जालमा विज्ञापन गर्न नपाइने ; नेपाल राष्ट्र बैंक कडा निर्देशन

268

काठमाडौं। नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, युट्युब र इन्स्टाग्राममार्फत आम्दानी गर्नेविरुद्ध कडा निर्देशन दिएको छ । पत्नुरअनुसार अबदेखि सामाजिक सञ्जाल र अनलाइनमार्फत गरिने विज्ञापन प्रकाशन तथा प्रसारणबापतको भुक्तानी तथा प्राप्ति अनौपचारिक माध्यमबाट गरेमा गैरकानुनी हुनेछ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै युट्युब, फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमार्फत आम्दानी गर्नेहरूविरुद्ध यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकले अवैधानिक रूपमा सामाजिक सञ्जालमार्फत विज्ञापन गर्ने, गराउने र मोटो रकम आर्जन गर्ने दुवै गैरकानुनी कार्य हुने र त्यस्तो कार्य गरेमा कारबाही गरिने स्पष्ट पारेको छ । राष्ट्र बैंकद्वारा जारी सार्वजनिक सूचनामा उल्लेख भएअनुसार अब फेसबुक, ट्वीटर, युट्युब र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापनबापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानुनी हुने बताएको हो ।

यसैगरी, राष्ट्र बैंकले त्यस्ता किसिमका कारोबार गरेमा विदेशी विनिमय अपचलन हुने भएकाले यस्तो कार्यमा संलग्नविरुद्ध विदेशी विनिमय नियमन गर्ने ऐन २०१९ र प्रचलित कानुनबमोजिम कारबाही गरिने जनाएको छ । यसअघि नेपालका कर्पोरेट संस्था, बैंक तथा वित्तीय संस्था र अन्य निकायले आफंैले बाहिरबाट वा स्वदेशमै रहेका केही विज्ञापन एजेन्सीमार्फत विज्ञापन गर्दै आएका थिए । सामाजिक सञ्जाल एवं अनलाइनमार्फत गरिने यस्ता प्रचारात्मक सामग्री एजेन्सीहरूले सम्बन्धित विज्ञापनदातासँग मूल्य अभिवृद्धिकर (भ्याट) समेत जोडेर मोटो रकम लिने र आफूले भने विदेशबाट नेपाल आउने रकम उतै रोकेर सोहीअनुरूपको विज्ञापन गरिदिँदै आएका थिए ।
नेपाल विज्ञापन संघका अध्यक्ष रवीन्द्रकमार ((शशि) रिजालले राष्ट्र बैंकले हतारमा ल्याएको यस्तो निर्देशनविरुद्ध संघको गम्भीर आपत्ति रहेको बताए । उनले यस्तो निणर्य गर्दा सरकारले सम्बन्धित क्षेत्रका विज्ञ राखेर आपसी छलफलका आधारमा अघि बढ्नुपर्नेमा एकतर्फी रूपमा गरिएको बताए ।

  • अहिलेसम्म फेसबुक, ट्वीटर, युट्युब, इन्स्टाग्राममार्फत विज्ञापन गर्दा नेपालको अर्बांै रुपैयाँ अवैधानिक रूपमा बाहिरिने गरेको थियो । यसरी विज्ञापन गर्न रोक्दा नेपाल भित्रिने विदेशी मुद्रा बढ्न जाने राष्ट्र बैंकको दाबी छ । पछिल्लो समय रेमिट्यान्स घट्नुको कारणमध्ये यस्तो अवैधानिक रूपमा गरिने विज्ञापन पनि एक भएको राष्ट्र बैंकले जनाएको छ ।

पछिल्लो समय कतिपय बैंक तथा वित्तीय संस्था, कर्पोरेट संस्था, होटल रेस्टुरेन्ट तथा अन्य व्यावसायिक संघसंस्थाले सामाजिक सञ्जालमार्फत विज्ञापन गर्दै आएका थिए । यसरी गरिने विज्ञापनका लागि राष्ट्र बैंकले विदेशी मुद्रा सटही गर्दैन । यस्तो अवस्थामा पनि निरन्तर विज्ञापन भइरहेका थिए । राष्ट्र बैंकले सटही सुविधा नदिई विदेशी संस्थालाई भुक्तानी गर्नु गैरकानुनी हो । त्यसैले यस्तो खालका विज्ञापन गर्न राष्ट्र बैंकले प्रतिबन्ध लगाएको हो ।
चालू आर्थिक वर्ष २०७६÷७७ को मौद्रिक नीतिले यसरी विज्ञापन गर्न नपाइने व्यवस्थालाई कडाइ गरिने जनाए पनि यसअघि केही निर्णय गर्न सकेको थिएन । शुक्रबार सूचना जारी गर्दै राष्ट्र बैंकले यसरी विज्ञापन गरेमा मुद्रा अपचलन अभियोगमा कारबाही गर्ने निर्णय गरेको हो ।

अहिलेसम्म फेसबुक, ट्वीटर, युट्युब, इन्स्टाग्राममार्फत विज्ञापन गर्दा नेपालको अर्बांै रुपैयाँ अवैधानिक रूपमा बाहिरिने गरेको थियो । यसरी विज्ञापन गर्न रोक्दा नेपाल भित्रिने विदेशी मुद्रा बढ्न जाने राष्ट्र बैंकको दाबी छ । पछिल्लो समय रेमिट्यान्स घट्नुको कारणमध्ये यस्तो अवैधानिक रूपमा गरिने विज्ञापन पनि एक भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकबाट सटही सुविधा नपाइने हुँदा यहाँका एजेन्सीले बाहिर काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स रकम उतै रोकेर आफंै राख्ने गर्थे । त्यसबराबरको रकम उनीहरूले नेपाली रुपैयाँमा सम्बन्धित व्यक्तिका घर परिवारका सदस्यलाई भुक्तानी गरिदिन्थे । जसका कारण विभिन्न मुलुकबाट नेपाल भित्रिने विदेशी मुद्रा उतै रोकिने गरेको पाइएकाले यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले सामाजिक सञ्जालमार्फत भइरहेका गैरकानुनी भुक्तानी नियन्त्रणका लागि यस्तो निर्देशन गरिएको जानकारी दिए । उनले अब यदि कसैले विद्युतीय माध्यमबाट प्रकाशित वा प्रसारित सामग्रीमार्फत आम्दानी गर्छ भने त्यो पनि बैंकिङ च्यानलबाट ल्याउनुपर्ने बताए । उनले त्यसरी नल्याएको पाइएमा कडा कारबाही हुने जानकारी दिए । याे खबर राजधानी अनलाइनमा समाचार लेखिएकाे छ ।