शिक्षा तथा जीविकोपार्जन सिप परियोजनाको जिल्ला स्तरीय परियोजना परिचयात्मक कार्यक्रम संपन्न

376

रौतहट १६ फागुन // रौतहटको सदरमुकाम गौरमा सामुदायिक शक्ति रौतहटको आयोजनामा शुक्रवार सम्मानजनक जीवनयापनको लागि शिक्षा तथा जीविकोपार्जन सिप परियोजनाको जिल्ला स्तरीय परियोजना परिचयात्मक कार्यक्रम गौर नगरपालिकाको सभाहलमा कार्यक्रम संपन्न भएको छ । जिल्लाको दुइ स्थानीय तह गौर नगरपालिका र राजदेवी नगरपालिकामा बालबालिकाको सिकाई स्तर अभिवृद्धि गर्नका लागि आधारभूत शिक्षाको सुनिशिचता एवं सिप तालिमको माध्यमबाट युवाहरुको दक्षता अभिबृद्धि गर्ने उदेश्यले परियोजना लागु गरिएको छ ।

वालबालिकाको विद्यालयको विद्यालयमा पहुंच बृद्धि तथा निरंतरता कायम गर्ने र समुदायमा बंचितमा परेका युवाहरुको सम्मानजनक जीवनयापनमा पहुंच बढाउन क्षमता अभिबृद्धि गर्ने उदेश्यले आइडे इट एक्शनको सहयोगमा ४ वर्षको लागि परियोजना लागू भएको आयोजक सस्थाले जनाएको छ ।

सामुदायिक शक्तिका कार्यकारी निर्देशक मिथलेश झाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गौर नगरपालिकाको नगर प्रमुख अजय कुमार गुप्ताले शिक्षाको विकासको लागि परियोजनाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन । वालबालिकाको आधारभूत शिक्षा बलियो नभए माध्यमिक र उच्च शिक्षा मजबूत नहुने जिकिर गरे ।
परियोजना दुवै स्थानीय तहको २० वटा प्राथमिक र आधारभूत विद्यालयमा लागू भएको छ । ६०० युवाहरुले सिप सिखेर र आया आर्जन गर्न सकने भएको छ ।

२०२० देखि २०२४ सम्म सञ्चालन हुने यस कार्यक्रमको स्वीकृत बजेट गुणस्तरीय शिक्षा तरफ १६ लाख ९० हजार ,जीविकोपार्जन तर्फ २३ लाख १२ हजार र प्रशासनिक खर्च ९ लाख ९४ हजार ५ सय रुपैया रहेको छ । सो कार्यक्रममा बिभिन्न संघसंस्थाको प्रतिनिधि,पत्रकार र बुधिजिवीहरुको उपस्थित रहेको छ ।