विद्य‌ुत चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ

425

राजविराज– सप्तरीको राजविराजबाट विद्य‌ुत चोरी गरेको आरोपमा प्रहरीले मंगलबार ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्लाको राजविराज नगरपालिका वडा–१ बस्ने सतनारायण साह, दिनेश यादव, एकराम यादव, वडा नंं २ बस्ने मोहमद अमिन, वडा नं ११ बस्ने श्यामकुमार मण्डल र नारायणप्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय र राजविराजस्थित नेपाल विद्य‌ुत प्राधिकरण वितरण केन्द्रको कर्मचारीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका ६ जनालाई विद्य‌ुत चुहावट नियन्त्रण विनियमावली २०५९ अनुसार कारवाही गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।