लाखाैं रूपैयासहित २ जना भारतीय नागरिक प्रहरीकाे फन्दामा

446

रौतहट १६ फागुन // रौतहट जिल्लाको सदरमुकाम गौर भन्सार कार्यालय नजिकबाट सशस्त्र प्रहरीको टोलीले नेपाली रुपैया १० लाख सहित २ जना भारतीय नागरिकलाइ शुक्रवार पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीको टोलीले उक्त रकम सहित भारतको विहार राज्यको सीतामढ़ी जिल्लाको बैरगनिय वड़ा नम्बर १४ निवासी २६ वर्षीय सूरज जायसवाल र २० वर्षीय सनी पटेललाइ पक्राउ गरेको हो । आफनो लुगामा शरीरमा लुकाएर नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरी उपरीक्षक रोविनराज कर्णजीत नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेको रकमको विषयमा आवश्यक अनुसन्धान भइरहेको सशस्त्र प्रहरी उपरीक्षक रोविनराज कर्णजीतले बताएका छन । दुवै जनाको साथबाट ३ थान पनि मोबाइल बरामद गरिएको छ ।