रौतहटको कटहरियामा पेटमा छुरा हानेर हत्या

2559

रौतहट १७ फागुुन । रौतहटको कटहरिया नगरपालिका स्थित कटहरिया नगरपालिका २ जमुनियाका २२ बर्षिय मुुस्ताक आलमले छिमेकी २५ बर्षिय अब्दुल खैरको पेटमा छुराहानेर हत्या गरेको हो । छुुरा प्रहारगर्ने युवा आलम प्रहरीको नियन्त्रणमा छ । आफनै छिमेकी माथी धारिलो हतियार छुरा प्रहारगरी युुवकको हत्या गरेको छ ।
घटना बिवरण अनुसार दुुईदिन अघि मृतक अब्दुल खैरको पानी तान्ने मोटर चोरी भएको थियो । मोटर चोरीगर्नेमा हत्याका आरोपी आलमको नाउ आएको थियो ।
शुुक्रवार राती ८ बजे आफनो घर बाट ठुलो छुरा लिएर मुुस्ताक आलम अब्दुल खैरलाई खोज्दैजाँदा साबिक हँथियाही गाविसका पुर्व अध्यक्ष सेराजुल देवानको घर अगाडी दुुबैजनाको भेट भएको थियो ।
मोटर चोरीमा नाम लगाउने बिषय लिएर दुुबैजना बिच भनाभन हुँदै कुुटपिट भएको प्रत्यक्षदर्शीले बताएका छन । कुुटपिट पछी आक्रोसित मुुस्ताख आलमले एक्कासी घर बाट लिएरगएको छुुरा निकालेर अब्दुल खैरको पेटमा प्रहारगर्दा घाईते भएका उनलाई स्थानीय बासि र प्रहरी चौकी छेदी चौकको गस्ती टोलीले उद्वार गरि प्राथमिक स्वस्थ्य केन्द्र कटहरियामा उपचार को लागि लैजाने क्रममा बाटो मै मृत्यु भएको ईप्रका गरूडाका डिएसपि ज्ञानकुमार महतोले जानकारी दिएका छन् ।
छुरा प्रहारगरे लगतै मुस्ताख आलम जमुनिया बाट फरार भएका थिए ।
घटना पछी बिभिन्न कार्यालय बाट गएको ठुलो संख्यामा गएको प्रहरीले कटहरिया ९ डुमरिया स्थित तरहारी नदी मुनि लुकि छिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुुख डिएसपी ज्ञानकुमार महतोको सुुझबुुझले घटनाको झण्डै २ घन्टा पछी हत्याका आरोपी आलमलाई कटहरिया नगरपालिका ९ डुमरिया बाट राती २ बजे पक्राउगर्न सफल भएको प्रवक्ता कार्कीले जानकारी दिएका छन ।
मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल गौर लगीएको छ । मृतक अब्दुल खैर दुुईसाता अघिमात्र बैदेसिक रोजगारी साउदी अरब बाट घर फर्केका थिए ।
आज बिहान ९ बजे ईलाका प्रहरी कार्यालय गरुडाले घटनाबारे पत्रकार सम्मेलन गरी सार्वजनिक रूपमा जानकारी गराएको हो । घटना स्थलबाट चक्कु १ थान,सेतो र गुलाबी रंगको बुट्टा भएको कान छोपने मल्टी माक्स टोपी थान १ र निज शेख मुस्ताक आलमको साथबाट मोबाईल १ थान फेला परि बरामद भएको ईप्रक गरूडाले जनाएको हो ।