मौलापुरमा नमुना दलित बस्ती हस्तान्तरण

832

रौतहट ६ माघ – रौतहटको मौलापुर नगरपालिकाको मौलापुरमा मंगलबार नमुना दलित बस्ती सम्बन्धित समुदायलाई हस्तान्तरण गरिँएको छ। राष्ट्रपति  विद्यादेवि भन्डारीले घर र लालपुर्जा एक साथ हस्तान्तरण गर्ने र दलित बस्तिको उद्घाटन गर्ने कार्यक्रम रहेको थियो ।

मौलापुर नगरपालिकाद्वारा निर्मित १७ घर परिवारलाई पर्याप्त जग्गा सहितको आधुनिक भवन निर्माण गरेर हस्तान्तरण गर्न लागेको नगर प्रमुख रिना कुमारी साहले बताइन्।

हरेक घरको अगाडि पक्की नाला, खेल्ने चौर, आगन तथा गाई बस्तु पाल्ने ठाउँसमेत रहेको छ। घरलाई दुई तल्ले बनाउने गरि निर्माण गरिएको छ। बस्तिको बिच भएर पक्की सडक निर्माण गरिएको छ। बस्तिलाई चारै तिरबाट सुरक्षीत बनाउन कम्पाउन्ड वाल लगाइएको छ। तराई मधेसमा नै पहिलो पटक सुबिधा सम्पन्न र आफ्नो संस्कृती अनुसारको घर निर्माण गरिएको प्रदेश २ का नेकपा अध्यक्ष एवं सङ्घीय सांसद प्रभु साहले बताए। सुबिधा सम्पन्न घर प्राप्त गर्ने भएपछि निकै खुसी लागेको स्थानीय जंग बहदुर रामले प्रतिक्रिया दिएका छन्।

नागरिकदैनिक