मोतिपुरमा रहेको नवनिर्मित ब्रहम बाबा मन्दिरको प्राण प्रतिष्ठाको लागी आज निस्केको कलश यात्रा

354

रौतहट १३ फाल्गुन । रौतहट जिल्लाको ईशनाथ नगरपालिका स्थित मोतिपुरमा रहेको नवनिर्मित ब्रहम बाबा मन्दिरको प्राण प्रतिष्ठाको लागी आज निस्केको कलश यात्रामा सो नगरपालिकाका नगर प्रमुख सन्तोष मेहता सहभागी भएका छन् ।

नगर प्रमुख मेहताको सहभागीताले सो यात्रामा सहभागी रहेका भक्तजनहरु हर्षित भएका थिए । मन्दिरको प्राण प्रतिष्ठा र कलश यात्रामा सहभागी भई मेहताले सो नगरपालिका बासीको सुख शान्ति र समृद्धिको कामना गरेका छन् । सो अवसरमा नगर प्रमुख मेहताले धर्म संस्कृतिको रक्षाका लागी आफु सदैव अग्रसर रहने बताए ।