मलेपका टोलीले ईशनाथ नगरपालिकामा स्थलगत निरीक्षण गत वर्षमा राम्रोकाम भएको जिकिर

660

रौतहट माघ २१ । रौतहटका इशनाथ नगरपालिकामा मगलवार मलेपसहित अनुगमन गरेका छन । मलेपका टोलीले ईशनाथ नगरपालिकामा स्थलगत निरीक्षण गर्नु भएको छ ।
महालेखा परीक्षकको कार्यालय प्रादेशिक लेखापरीक्षण प्रदेश नं. २ महानिर्देशनालय डोरमुकाम रौतहटका निर्देशक टिकाराम श्रेष्ठको टोलीले इशनाथ नगरपालिका अन्तर्गतका स्वास्थ्य शिक्षा तथा गत वर्षका भौतिक पूर्वाधार योजनाहरुको स्थलगत निरीक्षण गर्नु भएको छ ।

अनगुमन टोलीमा मलेपका टोली सहित ईशनाथ नगरपालिका वार्ड न ४ अन्तर्गत रहेका श्री माध्यमिक बिधालय मठिया बिधालयमा अनुगमन गरेको छ । अनुगमन टोलीमा मलेपसहित इशनाथ नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ता, लेखापाल मनोज ठाकुर र शिक्षा संयोजक चन्देश्वर प्रसाद यादव सहितको सहभागिता रहेको थियो ।
गत आ.व.२०७५।०७६ मा भएका भौतिक पूर्वाधार योजनाहरु, स्वास्थ्य तथा शिक्षा लगायतमा राम्रो काम गरि विल भरपाई दुरुस्त राखी भुक्तानी गरिएको कुरा मलेपका डोममुकाम रौतहट निर्देशक टिकाराम श्रेष्ठले जानकारी दिनुको साथै यस वर्ष अझ राम्ररी न.पाका हरेक क्षेत्रमा काम गर्न सुझाव दिनु भएको छ । सो काम गरेको स्थानीयहरुको भनाइ अनुसार पहिला भन्दा यो नगरपालिकामा राम्रो काम भएको भन्दै यो वर्षमा अझै राम्रो गरेको अनुमान गरेको बताए ।