भारतीय हिन्दुमहासभाका प्रदेश अध्यक्षको गोली हानी हत्या

356

काठमाडौं ।। अखिल भारतीय हिन्दु महासभाका प्रदेश अधयक्ष रणजीत बच्चनको उत्तर प्रदेशको राजधानी लखनउमा आइतबार गोली हानी हत्या भएको हो ।
आइतवार बिहान ६ बजे आफनो भाईसँग र्मोनिङवाक गरिरहेको समयमा मोटरसाइकलमा आएक दुई जनाले लखनउको पाश इलाका हजरतगंजमा गोली हानी हत्या भएको हो । उक्त घटनामा बच्चनको घटना स्थलमै मृतयु भएको हो र उनको नातेदार भाई आदितय श्रीवास्तवकोे गाली प्रहारबाट पाखुरामा गोली लागेर घाइते बनेका छन् । उनलाई लखनउकै ट्रमा सेन्टर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । भारतीय सञचार माध्यमहरुले प्रहरीलाई उद्धृत गर्दै हत्यारको खोजी भइरहेको जनाएका छन् । रणजीतको हत्या भएको क्षेत्र लखनउको निकै महत्वपूर्ण इलाका हो। यो क्षेत्रमा विधान सभा, सचिवालय र सबै सरकारी भवनका साथै प्रमुख अधिकारी र मन्त्रिको आवास क्षेत्र हो।
यसअघि गत वर्ष हिन्दूवादी नेता कमलेश तिवारीको पनि घरमा आएको समूहले हत्या गरेको थियो ।