भन्सारका नासु अन्सारी १ लाख ५० हजार घुससहित पक्राउ

534

जनकपुर माघ २० ।। प्रदेश न २ को राजधानी जनकपुर भन्सार कार्यालयका नायव सुव्वा अहमद रजा अन्सारी रगेहात घुससहित पक्राउ परेका छन्।

अन्सारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट गएको टोलीले १ लाख ५० हजार घुससहित सोमबार बेलुकी लगभग ७ बजेको करिब पक्राउ गरेको हो।

नासु अन्सारीलाई सेवाग्राहीबाट घुस लिइसकेका अवस्थामा रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।