फेरि मेयर कपको बिजेता वडा नं. ५

538

रौतहट । मेयर कप च्याम्पियन २०७६ को सोमवार भएको फाइनल खेलमा गौर वडा नं. ५ ले वडा नं. ४ लाई पराजित गर्दै तेस्रो बिजेता बनेको छ । सोमबार भएको खेलमा वडा नं. ४ ले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा १५० रन जोडेको थियोे भने लक्ष्य पछ्याउँदै आएको वडा नं. ५ ले २० अभरको खेलमा १५० रन बनाउदै खेल बराबरीमा ल्याएको थियो ।

खेल बराबरी भएपछी आइसिसिको नियम अन्तरगत खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा ६ बलमा खेल गौर वडा नं. ५ ले ७ रन बनाएको थियो भने गौर वडा नं. ४ ले ६ बल खेल्दै जम्मा २ रन बनाउदौ पराजित भएको थियो ।

हजारौं दर्शक बीच सो खेलमा सबै दर्शकले दुबै टिमले उत्रकृस्ट खेल खेलेको प्रतिक्रिया दिएको थियो ।खेल पछीको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मेयर अजय कुमार गुप्ताले यो जित नगरपालिकाको भएको र मेयर कपले उत्रकृस्ट प्रतिभावान खेलाडी पाएकोमा गर्भ महसुस गर्दै मेयर कपले प्रत्येक वर्ष स्थान पाउने प्रतिवधता व्यक्त गरेका थिए।

सो पुरस्कार वितरण कार्यक्रममा विभिन्न क्रिकेट सहयोगिहरुलाइ प्रमाणपत्र वितरण गरिएको थियोे । सो समारोहमा क्रिकेट संघले क्रिकेटमा सहयोग पुर्याए वापद गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कर्की, जितेन्द्र भर्ती लगायत विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियोे ।
कार्यक्रममा बिजयी टिमका वडा अध्यक्ष रामस्वाथ यादवले बिजयी टिमलाई बधाई दिदै अगामी मेयर कम वडा नं. ५ ले नै ल्याउने दावी गरेका थिए । गौर नगरपालिकाको आर्थिक सहयोग तथा रौतहट क्रिकेट संघको आयोजनामा भएको सो मेयर कप च्याम्पियन सिपमा सहभागी सबैलाइ संघका अध्यक्ष पवन गुप्ताले धन्यवाद व्यक्त गरेका थिए ।