प्रदेश २ स्तरित फुटबल प्रतियोगिताको उद्घाटन

310

वीरगञ्ज– शनिबारदेखि वीरगञ्जमा प्रदेश दुई स्तरित फुटबल प्रतियोगिताको आयोजना गरिएको छ।

वीरगञ्जको आदर्शनगर रंगशालमा भएको उद्घाटन खेलमा धुनषाले पर्सा फुटबल संघलाई हराएको छ।

निर्धारित समयमा दुबै टोलीले एक–एकको बराबरी खेलेपछि ट्राइबेकरमा धनुषाले पर्सालाई ४–२ काे गोल अन्तरले पराजित गरेको हो

खेलको २८ औँ मिनेटमा धनुषाका प्रमोद यादवले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। तर ४९ औँ मिनेटमा पर्साका सुदिस श्रेष्ठले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

त्यसपछि  दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल ट्राइवेकरबाट टुंग्याइएको थियो।

गिरिजा प्रसाद कोइराला मेमोरियल फाउण्डेशन पर्साले आयोजना गरेको प्रतियोगिताको उदघाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले गरेका थिए।

माघ २५ गतेसम्म चल्ने प्रतियोगिताको दोस्रो खेलमा आइतबार रौतहट र महोत्तरी भिड्ने गिरिजाप्रसाद कोइराला फाउण्डेशन पर्साका अध्यक्ष महम्मद शाहबुद्धिनले जानकारी दिए। प्रतियोगितामा प्रदेशका आठ वटै जिल्लाका ८ टिमहरुको सहभागिता रहेको छ।देशसञ्चार