प्याब्सन च्यापिउन सिपमा आई.बि.ए. स्कुल सुपर ओभर खेल्दै फाइनलमा

438

रौतहट माघ ०५ । प्याब्सन कप च्याम्पियन सीप २०७६ को सोमवार भएको सेमि फाइनलका दुई खेल जित्दै ग्रुप बि बाट आई बि ए र ग्रुप बि बाट प्रभात फाईनलमा पुगेका छन । सोमबार भएको खेलमा आई बि र ले ट्स जित्दै फिल्डिङ्ग गर्ने निर्णय गरेको थियो भने बैटिङ्गम उत्रेको कृष्ण मर्षी स्कुलले १८ ओभर खेल्दै सबै बिकेटको छतिमा १०७ रन बनाएको थियो ।
१०८ रन लक्ष्य बनाउन उत्रेको आई बि ए ले सबै ओभर खेली १०७ रन बनाई बराबरी भएको थियो । आई सि सि नियम अन्त्गर्त सुपेर ओभरम प्रवेश गरेको खेलले अत्यन्तै रोचक बनेको थियो । सुपेर ओभरम आइ बि ए ले बैटिङ्ग गर्दै ६ बलमा १० रन बनाएको थियो भने जवाफम उत्रेको कृष्ण मर्षिले ६ बलमा २ रन बनाउदै पराजित भएको थियो । खेल बराबरी भएपछी आइसिसिको नियम अन्तरगत खेल सुपर ओभरमा पुगेको थियो । ६ बल खेल्दै जम्मा २ रन बनाउदै पराजित भएको थियो । दोश्रो सेमि फाईनलमा जि स्टार र प्रभात बिच भएको खेलमा प्रभतले टस जित्दै बैटिङ्ग गरेको थियो । २० ओभरको खेल खेल्दै १०५ रन बनाएको थियो भने जवाफी बैटिङ्गमा उत्रेको जि स्टारले १० ओभरमा सबै बिकेट घुमाई २७ रन मै सिमित भएको थियो ।
पहिलो सेमि फाईनल को खेलमा उत्कृष्ट खेल खेल्दै आई बि ए का निराज्न भन्डारी मैन अफ द मैच बनेको थियो भने दोश्रो सेमि फाईनलको खेलमा रोहित गिरि भएको थियो । हजारौं दर्शक बीच सो खेलमा सबै दर्शकले दुबै टिमले उत्रकृष्ट खेल खेलेको प्रतिक्रिया दिएको थियो । प्याब्सन कप चयाम्पियन सिपको फाईनल खेल प्रजातर्म्त्र दिवसको दिन हुने कुरा आयोजकले बताएका छ्न ।