पेस्तोलसहित त्यसमा लाग्ने १ राउण्ड गोली फेला

357

धनुषा // धनुषाको धनुषाधाम नगरपालिका–८ मुलाबारीबाट धनुषाधामतर्फ जाने सडकमा प्रहरीले एक थान कटुवा पेस्तोलसहित त्यसमा लाग्ने १ राउण्ड गोली फेला पारेको छ।

इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान उक्त हतियार फेला पारेको हो। तर, कसले र किन सडकमा हतियार राख्यो भन्नेबोर प्रहरीले अनुसन्धान थालेको जनाएको छ।