नगर प्रमुख गुप्ताद्वारा प्याबसन कपको उद्घाटन

542

रौतहट २९ माघ । रौतहटको सदरमुकाम गौरको राइस मिल ग्राउन्डमा आज बुधवार तेस्रो प्याबसन कपको नगर प्रमुख अजय कुमार गुप्ताले उद्घाटन गरेका छन् ।

सुभारम्भ भएको खेलमा टस जितेर मुनाली चाईल्ड स्कुलले ब्याटिङ गर्दै १६ ओभरमा १०९ रन जोडेको थियोे भने लक्ष्य पछ्याउँदै आएको जनक बोर्डिङग स्कुलले ७ विकेटले त्यस मैचलाई जितेको थियो । खेलमा जनक बोर्डिङ स्कुलका चन्दन यादव मैनअफ द मैच भएका थिए ।

सो कार्यक्रममा प्याबसनमा संलग्न विधालयका सबै प्रधानाध्यापकहरु, विधार्थी , विधार्थी नेता ओमप्रकाश मधेशीया लगायतका बुद्धिजिबिहरुको सहभागीता रहेको थियो ।