त्रिभुवन विमानस्थलमा राति आगलागी

604

काठमाडौं माघ २७ : त्रिभुवन विमानस्थलमा सोमबार राति आगलागी भएको छ।

विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलतर्फ रहेको एउटा कफी शपबाट आगो लाग्न सुरु भएको हो। आगलागीपछि विमानस्थलको धावनमार्गसम्म बाक्लो धुवाँको मुस्लो निस्किएको छ। आगलागीबाट भएको क्षतिबारेमा विमानस्थल प्रशासनले केही पनि जानकारी गराएको छैन।

आगलागी भएको केही मिटरको दुरीमा कतार एयरवेजसहितका जहाजहरु उड्न तयार थिए।अागलािग किन लागेकाे हाे र के छति भएका छ ।  विस्तृत जानकारी अाउन बाकी रहेकाे छ ।