ड्रग्स सहित २ जना पक्राउ

320

दार्जिलिङ २० माघ ।। प्रतिबन्धित नशालु पदार्थ (ड्रग्स) सहित दुई नेपाली नागरिक पक्राउ परेका छन्। भारत-नेपाल सीमा देवीगञ्जबाट यी दुई नेपाली नागरिकलाई देवीगञ्ज प्रहरीले आइतवार पक्राउ गरेको हो।

देवीगञ्जका प्रहरी अधिकारी अशोक अधिकारीका अनुसार ड्रग्ससहित पोष्टबहादुर भुजेल र अर्जुन कालिकोटेलाई पक्राउ गरिको हो।

यी प्रहरी अधिकारीका अनुसार पक्राउ परेका दुवै नेपाल प्रदेश-१ निवासी हुन्। उनीहरूको झोलाबाट ठुलाे परिणाममा प्रतिबन्धित नशालु पदार्थ (ड्रग्स) बरामद भएको प्रहरीको भनाइ छ।

देवीगञ्ज प्रहरी चौकीले थप अनुसन्धान र केरकारका लागि दुवै जनालाई खोरीबारी प्रहरी चौकीमा सुम्पेको छ। यो खबर नेपालखबरमा लेखिएको छ ।