चिनी मिल्सको विषादी पानी खोलामा, वरिपरीका गाउँको वातावरण दुषितमय

295

रौतहट, २१ माघ । रौतहटको कटहरिया नगरपालिकाको पिपरा पोखरियामा रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल मिल्स प्रालीबाट निस्कले फोहोर पानीलाई प्रषोधन नै नगरी सिधै लमहा खोलामा छोडने गरेको पाइएको छ ।
उद्योगबाट निस्कले केमिकल्स मिसिएको विषादीयुक्त पानीलाई लमहा खोलामा मिसाउँदा खोलाको पानी दुषित भई जलचरहरु मरिरहेको साथै खोला वरिपरीको बस्तीहरुमा दुर्गन्ध फैलिएको भन्दै त्यसलाई नियन्त्रण गर्न र दोषीलाई कारवाही गर्न माग स्थानीय बासिन्दाहरुले गरेको हो ।
चिनी मिल्सको पूर्वमा रहेको लमहा खोलामा छाड्ने विषादीयुक्त पानीले कटहरिया नगरपालिकाको साथै गरुडा नपा, माधवनाराण नपा र यमुनामाई, दुुुर्गपपाअवतीी गापपलाई प्रभावित बनाएका छन् । खोलामा मिसाउने पानीलाई नियन्त्रण गर्न र उद्योग सन्चालकलाई कारवाही गर्न माग स्थानीय बासिन्दाहरु पटक पटक माग सम्बन्धित निकायमा गर्दा समेत उद्योग संचालकलाई कारवाही गर्न सकेको छैनन् ।
चिनी मिलको अनुगमन गर्दा उद्योगबाट निस्कने पानी प्रशोधन नगरी नै लमहा खोलामा मिसाएको देखिएको र त्यसलाई नियन्त्रण गर्न उद्योग प्रशासनलाई भनिएको कटहरिया नपाले जनाए । खोलामा चिनी मिलले छोडने केमिकल मिसिएको पानीको दुर्गन्धले गर्दा खोलावरिपरीका गाउँका स्थानियहरु त्यसको प्रत्यक्ष मारमा पार्दै आएको छ । लमहा खोलाको पानी प्रदुषित बनेपछि गाउँका स्थानीयहरुलाई खोलामा दाहसंस्कार गर्न र गाई भैसी चराउनमा समेत समस्या हुने गरेको स्थानीय हथियाहीका राकेश झाले बताए ।
स्थानीय मानिसको मृत्यु हुँदा खोला किनारमा दाहसंस्कार गरेर दुर्गन्धित पानीमै किरिया बोक्ने देखि लिएर मलामी गएका व्यक्तिह नुहाउनुपर्ने बाध्यता रहेको उनले भने । फोहोर पानीका कारण गाई, भैंसी, बाख्रा चराउनमा समेत समस्या भएको स्थानीय बासिन्दाहरुले गुनासो गरेका छन् । पहिला देखि नै खोलाको डिलमा गाई, भैंसी, बाख्रा चराउदै लमहा खोलामा पानी खुवाउने गरेपनि चिनी मिलले छाडेको फोहोर एवं दुषित पानीका कारण स्थानीय बासिन्दाहरु पीडित बन्दै आएका छन् ।
बाबा बैजुनाथ सुगर एण्ड केमिकल मिल्स प्रालीका सन्चालक बैजु बाबराले उद्योगबाट निस्कने पानीलाई व्यवस्थित गरिएको छ । पोखरीमा दुषित पानी जाने गरेको बर्षातमा ओभरफ्लो भएर मात्रै लमहामा बग्ने गरेको उनले दाबी गरे ।
२०७४ सालमा आएको बाढीका मौका छोपेर उक्त केमिकल उद्योगबाट छाडीएको विषादीयुक्त पानीका कारण सयौ विगहा जग्गामा लगाइएको धानबाली नष्ट हुँदा स्थानीय प्रशासनले उद्योगलाई ८ करोड जरिवाना गरेका थिए । तर उद्योगीले जिल्ला प्रशासनको उक्त निर्णयलाइ पुनरावेदन र सर्वोच्च अदालतमा चुनौती दिदा अहिले सम्म किसानहरु क्षतिपुर्ती पाउन नसकेको पिडित किसानहरुले बताए ।