गाउँ घरमा लुकिछिपी रहेका कर्तव्य ज्यान मुद्दामा ११ वर्ष सजाय पाएका एक जना पक्राउ

331

वीरगञ्ज– कर्तव्य ज्यान मुद्दामा अदालतबाट ११ वर्षको सजाय पाएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ६ बस्ने ६० वर्षफय चन्द्रिका राउत अहिर रहेका छन्।

पक्राउ परेका अहिरलाई जिल्ला अदालत पर्साकाे गत मंसिर ११ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै ११ वर्ष कैद सजाय तोकेको थियो।

फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साले गठन गरेको प्रहरी टोलीले गाउँमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई आवशयक कारवाहीको लागि जिल्ला अदालतमा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।