एक युवकको शव फेला, हत्याको आशंका, २ महिला सहित ५ जना नियन्त्रणमा

371

रौतहट, २० माघ । गत ५ दिन देखि इशनाथ नपाका हराइरहेका एक युवकको शव रौतहटको राजपुर नगरपालिकामा सोमवार विहान फेला परेको छ ।
रौतहटको इशनाथ नगरपालिका ८ मनसरी गाँउका २० वर्षीय युवा एतेशामुल हक गत ५ दिन देखि हराइरहेका थिए । पररोहा नपाको मोतीपुर नरकटीयामा रहेको दिदी भिनाजुको घरबाट माघ १५ गते बेलुकी घर फर्किने क्रममा बाटो बाटै सम्पर्क विहिन भएका भएका युवक हकको शव राजपुर नपाको अकोलवा स्थित नदी किनारमा फेला परेको हो ।
युवक सवार मोटरसाइकल राजपुर नगरपालिको अकोलवा गाउँ नजिकै खेतमा फेला परेको छ । मोटरसाइकल भेटिए मृतकले प्रयोग गर्दै आएका मोवाइल नम्वरको कल डिटेल हेरेर प्रहरीले अनुसन्धान सुरु गरेका छन् । कल डिटेलबाट सुरु अनुसन्धानको क्रममा हकको हत्या भएको आशंका रौतहट प्रहरीले गरेको छ सोही शिलशिलामा दुई युवती सहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मोटरसाइकल फेला परेको स्थानबाट एक किलोमिटर दक्षिणमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी नवीन कार्कीले घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जानकारी दिए । ‘पाँच जनालाई नियन्त्रणमा लिए अनुसन्धान गर्दै छौ, युवक हराएकै राति हकको हत्या भएको हो, मृतकको शव कुहिसकेको अवस्थामा घाँटी थिचेर वा गोली हानेर भएको ठम्याउन गाह्रो भएपनि टाउकोमा प्रहार भएको देखिन्छ उनले भने ।
बरामद भएको हकको शव जिल्ला अस्पताल गौरमा पोष्टमार्टम गरिएको छ । हत्या किन गरिएको तथा उक्त कार्यमा संलग्नहरुको पहिचान गरिने कार्य भईरहेको उनले बताए ।