आज हावाहुरी र चट्याङसहित भरी वर्षा हुने संभावना

890

काठमाडौं : आज देशका केहि स्थानमा हावाहुरी र चट्याङसहित भरी वर्षा पानी पर्ने संभावना रहेको छ। 

पश्चिमी वायु र न्यूनचापीय क्षेत्रको असरका कारण देशका पुर्व, मध्य र पश्चिमका केहि स्थानमा दिउँसोपख हावाहुरी र चट्याङसहित हल्का पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। 

काठमाडौं उपत्यकामा पनि दिउँसोपख पानी पर्ने संभावना रहेको महाशाखाकी मौसमवीद् विभूती पोखरलले जानकारी दिइन्। केहि दिन यता देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुँदै आएको छ। 

आज पनि देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यमखालको हिमपात हुने मौसमवीद् पोखरेलले बताइन्।  काठमाडौं उपत्यकाको आजको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो तापक्रम बढेर २० देखि २२ डिग्री सेल्सियस सम्म पुग्ने महाशाखाले अनुमान गरेको छ। थाहा खबरमा समाचार लेखिएको छ ।

अघिल्लो सामग्रीलाखौं रुपैयासहित २ जना पक्राउ
यसपछिको सामग्रीदिल्ली हिंसामा ७ को मृत्यु
रौतहट उज्यालो प्रा.लि. गौर रौतहटद्वारा संचालित याे रौतहट टाइम्स डट कम नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनु भएकोमा धन्यवाद । समाचारको लागि +977-9855044536 फोन गर्नुहोस् ।