हनुमान मंदिरमा सीता राम र लक्षमणको प्रतिमा स्थापनामा मेयरको सहयोग

520

रौतहट // रौतहट जिल्लाको ईशनाथ नगरपालिकाका नगर प्रमुख संतोष मेहताले वड़ा नम्बर २ मा रहेको हनुमान मंदिरमा सीता राम र लक्षमणको प्रतिमा स्थापनामा सहयोग गरेका छन ।
पहिला देखि रहेको हनुमान मदिरको माथि एक तल्ला थप गरी सो मा सीता राम र लक्षमणको मूर्ति स्थापना गरी प्राण प्रतिष्ठा गर्ने कार्य शुरू भएको छ । मेयर मेहताले हिन्दू धर्मको रक्षाको लागि तथा पूजा आजामा सहयोग पुग्ने उदेश्यले हनुमान मंदिर माथि राम जानकीको मंदिर निर्माण गराइएको बताए ।
तीन वटा मूर्ति खरीदमा भएको खर्च ५० हजार उपलब्ध गराएको मेयर मेहताले बताएका छन ! नया प्रतिमा स्थापना गर्न विधि पूर्वक पूजन को कार्य आरम्भ भएको बताउँदै धर्म रक्षाको लागि आफु सधै सक्रीय भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए ।
नेपाल भ्रमण वर्षको समयमा मठ मंदिर लगायत धार्मिक स्थल , पर्यटकीय स्थलको प्रवर्द्धन ,संरक्षण , सौन्दर्यकरण गरिने तरफ ध्यान केंद्रित गरिएको दावी गरे । गाउँको स्थानियहरुको सक्रियता सहकार्यमा प्राण प्रतिष्ठाको यज्ञ भैरहेको छ ।