वडा अध्यक्षको निधन

668

बीरगंज : पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ मुडलीका वडाध्यक्ष शिवनाथ राउत कुर्मीको आज निधन भएको छ ।  विगत एक वषदेखि अस्वस्थ रहेका वडाध्यक्ष कुर्मीको शनिबार दिउसो १ बजे ६२ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो।

उनी २०७४ सालमा सम्पन्न भएको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।

कुर्मीको आईतबार विहान ९ बजे निजी निवास टिन्डोबियामा हिन्दु धर्म अनुसार अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन् ।

कुर्मीको निधन भएपछि गाउँपालिकाले सूचना जारी गर्दै एक दिने सार्वजनिक बिदा दिएको छ। पुस २७ गते आइतबार गाउँपालिकामा बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत राजु प्रसाद साहले जानकारी दिएका छन् ।