लाखौंको सामानहरु एकै रातमा प्रहरीले बरामद गरे कारवाहीको लागि भन्सार चलान

510

राैतहट । रौतहट प्रहरीले जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत १२ लाख भन्दा बढीको समानहरु बरामद गरि आवश्यक कारबाहीको लागि भन्सार पठाएको छ ।

जिल्लाकाे राजदेवी नगरपालिका वडा नं ९ ब्रम्हपुरी स्थित विआर १० जिए ५०३६ को बलोरो पिकअप गाडीमा सौफी रक्सी लगायतका सामानहरु अबैध रुपमा चोरी निकासी गरी भारत तर्फ लैजादै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हाे ।

गस्तीमा रहेका प्रहरी टोलीलाई देख्न साथ तस्करहरु बाेलेरो छाडी भागेको थियो । उक्त बलोरो पिकअपमा लोड रहेको सौफी रक्सी र बलोरो समेत गरी ११,८९,७५०। ( एघार लाख उन्नान्बे हजार सात सय पच्चास ) बराबरको सौफी रक्सी र बलोरो पिकअप र गौर नगरपालिका वडा नं. २ महादेवपट्टी स्थितबाट १५, ८००। ( पन्ध्र हजार आठ सय ) बराबरको छोकडा र साईकल समेत गरी १२,०५,५५०। ( बाह्र लाख पाँच हजार पाँच सय पच्चास ) बराबरको सामानहरु रितपूर्वक बरामद गरी आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

अघिल्लो सामग्रीगोली चल्यो, गुण्डा नाइके लामा पक्राउ
यसपछिको सामग्रीवडा अध्यक्षको निधन
Avatar
रौतहट उज्यालो प्रा.लि. गौर रौतहटद्वारा संचालित याे रौतहट टाइम्स डट कम नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनु भएकोमा धन्यवाद । समाचारको लागि +977-9855044536 फोन गर्नुहोस् ।