रौतहट प्रहरीले विभिन्न स्थानबाट भन्सार छलि नेपाल भित्राउने क्रममा बरामद

402

दिलीप पाणडेय रौतहट // जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न स्थानबाट भन्सार छलि नेपाल भित्राउने क्रममा बरामद गरेको सरसमानहरु आवश्यक कार्यवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको छ ।
जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत मिति २०७६।१०।०७ गते प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला रौतहट गौर नगरपालिका वडा नं.१ स्थित पुग्दा भारतबाट भन्सार छली चोरी पैठारी गरी बोरा र झोलाहरु नेपाल तर्फ भित्र्याउदै गरेको अवस्थामा प्रहरी गस्ती टोलीलाई देखि बोरा र झोलाहरु छाडी भागेकोले सो बोरा र झोलाहरु प्रहरी टोलीले बरामद गरेका थिए ।

बरामद गरिएका बोरा र झोलाहरु खोली हेर्दा बोरामा कपडा, बच्चाहरुको रेडीमेड पाईन्ट, सुती साडी, लहांगा साडी, मारकिन कपडा, जिन्स सर्ट, गम्छा, जिरा, धनीया, ओखर, नारिवल, जायफल, सल, सेन्ट्रो फ्रुट, बच्चाको लेडिज कट्टु लगायतका अन्य सरसामानहरु रहेको पाईएको थियो ।
बरामद गरिएका सामग्रीहरुको अन्दाजी मूल्य ६ लाख २३ हजार ८९० रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।