रौतहट क्षेत्र नं.२ बाट नेकपा प्रतिनिधि सभामा मेहताको उम्मेदवारी हुने सम्भावना

1143

रौतहट ।। रौतहट क्षेत्र नं.२ बाट आगामी निर्वाचनमा प्रतिनिधि सभाका लागी ईशनाथ नगरपालिकामा नेकपाका नगर अध्यक्ष समेत रहेका मोहन मेहताले समेत दाबेदारी गर्ने सम्भावना प्रबल देखिएको छ । रौतहट क्षेत्र नम्बर २ मा समाजवादि फोरम बाट प्रतिनिधि सभाका लागी लगभग पक्कापक्की उमेदवार किरण साह लाई पराजित गर्न आफ्नो सम्पूर्ण शक्ति लगाउनु परे पनि पछि नहटने मन्साय बनाएका युवा नेता मेहताले प्रभावकारी न्युज संगको कुराकानीमा पार्टिको लाईनबाट आफु फरक नरहेको भन्दै पार्टिले जिम्मेवारी दिए आफु प्रतिनिधि सभामा उमेदवारी दिने बताएका छन् ।

किरण साह संग प्रतिशपर्धा गर्न अरु उम्मेदवार तयार नभएको अवस्थामा वा पार्टिले आफुलाई नै उमेदवार बनाउने मन्सायमा पुगे एक कदम पनि पछि नहटने बताएका छन् । किरण साहले जातिय बिउ रोपेर जनता बिच रहेको समाजिक सदभाव कमजोर पारेको आरोप लगाउदै साहलाई पराजित गर्ने ठुलो रहर रहेको समेत मेहताले प्रष्ट पारेका छन् । पछिल्लो समय यता सक्रिय रुपमा पार्टिका लागी लगातार मेहनत गरि रहेका युवा नेता मेहताले नेकपा नेतृत्वको दुई तिहाईको सरकारको काम गर्न शैलीले मात्रै देश विकासको दिशामा लागेको बताएका छन् ।

जनताले दिएको विस्वासको कारण नै देशमा ठुला ठुला परियोजनाहरु दु्रत गतिमा अगाडि बढेको भन्दै आउने दिनमा पनि जनताले नेकपा नेतृत्व कै सरकार रुचाउने बताएका छन् । प्रदेश नं. २ को सरकारको रवैया माथि टिप्पनी गर्दै मेहता भन्छन “ प्रदेश सरकार जनताको विकास भन्दा पनि आफ्नो विकासमा बढि ध्यान दिएकोले आउने दिनमा प्रदेश सरकार पनि नेकपा नेतृत्वको नै रहनेछ यो कुरामा ढुक्क भए हुन्छ ” ।