रौतहटमा क्षयरोग माहामारीको रूप लीन सक्ने प्रमुख साह

899

राकेश यादव , २९ पौष
नेपाल क्षयरोग निवारण सस्था जिल्ला कार्य समिति रौतहटको १८ औ वार्षिक साधारण सभा मंगलवार गौरमा संपन्न भएको छ । ’’ क्षयरोग वारे जनचेतना जगाऔ , क्षयरोग नियन्त्रणमा हामी सवै जुटौ “ मूल नाराको साथ आयोजित कार्यक्रममा सम्वोधन गर्दै जिल्ला स्वास्थ्य कार्यालयको प्रमुख महेश साहले रौतहटमा क्षयरोगको अवस्था दिनदिनै फैलिदै गइरहेकोले महामारीको रूप लिनसक्ने चिन्ता व्यक्त गरेका छन ।
प्रमुख आतिथिको आसन्नबाट सम्वोधन गर्दै प्रमुख साहले निर्वाचन क्षेत्र नम्बर २ को स्थति भयाभह रहेको बताए । जनचेतनाको आभावको कारण रोग लागेको भए पनि समयमा उपचार नगराउदा यस्तो अवस्था आएको जिकिर गरे । तीन तहको सरकारले विकासको कार्यको मेरुदंडको रुपमा रहेको शिक्षा र स्वास्थ्यलाइ बाईपास गरेको कारण रौतहटको अवस्था गंभीर भएको टिपण्णी गरे ।
निर्वाचन क्षेत्र २ मा एमडीआर को विरामी ४५ प्रतिसत रहेको बताउँदै साहले क्षयरोग सर्ने खालको रोग भएकोले समयमा नियन्त्रण नगरे भविष्यमा महामारीको लीन सक्ने जनाए । जिल्लाको सम्पूर्ण वड़ामा क्षयरोगको औषधि निशुल्क पाउने गरेको बताए । उनले स्थानीय सरकारले बाटोघाटोंलाइ नै विकासको रुपमा लिने गरेकोले विकासको मूल आधार शिक्षा र स्वास्थ्यको विकास रहेकोले यस तर्फ लगानी गर्नु पर्ने जोड़ दिए ।
राजकिशोर प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा सस्थाको सचिव र कोषाध्यक्षले प्रस्तुत गरेको आय व्यय र आगामी कार्य योजनाको ताली बाजार बहुमतबाट पारित गरिएको छ । वार्षिक साधारण सभा मा सस्थाका उपसभापति डाक्टर नन्दकिशोर झा , रौतहट उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष देव प्रयाग गुप्ता , सदस्य राम नरेश यादव , इंजिनियर अमर यादव लगायतका वक्ताहरुले शुभकामना मंतव्य व्यक्त गरेका थिए ।