रौतहटका खेलाडीले मुम्बईमा जारी एसिया कप कराते च्याम्पियनसिपमा चार पदक हात पारे

473

रौतहट ६ माघ । रौतहटका खेलाडीले मुम्बईमा जारी एसिया कप कराते च्याम्पियनसिपमा चार पदक हात पारेका छन् । महिला ४५ किलो तौल समुहमा रौतहट निबासी बिबिका श्रेष्ठले कातामा श्रीलंकाका खेलाडी संग पराजित हुर्दैै रजत पदक हात पारेकी हुन् । यस्तै पुरुष ५० किलो तौल समुहमा रौतहटका कुसल बस्नेतले भने श्रीलंकाका खेलाडी संग पराजित हुँदै रजत पदकमा हात पारेका छन् । कातामा समेत भाग लिएका बस्नेतले कास्य पदक प्राप्त गरेको नेपालबाट सो प्रतियोगितामा सहभागी अन्तराष्ट्र्रिय निर्णायक सुरेन्द्र श्रेष्ठले जानकारी दिनु भएको छ । पछिल्लो समिय रौतहटमा कराते खेल प्रति आकर्षण बढदै गएको छ । जस्को कारण राष्ट्रिय र अन्तराष्ट्र्रिय प्रतियोगितामा रौतहटका खेलाडी सहभागि हुदै आएको प्रशिक्षक अशोक पहाडीले बताउनु भएका छन ।