मेयरको कार्यकक्षमा पत्रकारमाथि कुटपिट,जनकपुरमा तनाव

518

जनकपुर ।। जनकपुर उपमहानगरपालिकामा पत्रकारमाथी कुटपिट भएको छ । मेयर लालकिशोर साहको कार्यकक्षमा ढोका थुनेर पत्रकार माथी कुटपिट भएको छ । नेपाल पत्रकार महासंघका जिल्ला सभापति अलिन मिश्र तथा पत्रकारहरू अरकान्त अमर, विकास साह, राजा झा, सुमित मिश्र, सुवास वर्ण र शत्रुधन यादवमाथि कुटपिट भएको हो । पत्रकारहरू मेयरको भनाई लिन उनको चेम्वरमा गएका थिए,आचान आक्रमण भयो । मेयरले गुण्डा लगाएर हेल्मेट र पाइपले कुटे,ु पिटाइ खाएका पत्रकार मिश्रले बताएका छन्र ।
घटनापछि मेयर साहको कार्यकक्षबाहिर तनाव छ । पत्रकारहरूले एकजुट भएर विरोध जनाइरहेका छन् ।
प्रहरी समेत घटनास्थलमा पुगेको छ ।