बिगबासमा सन्दीपले लिए दुई विकेट

338

सिड्नी, माघ १ ।। मेलबर्न स्टार्स क्लबाट बिगबास खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बुधबार पर्थ स्कर्च्सविरुद्धको खेलमा २ विकेट लिएका छन्।

३ ओभर बलिङ गरेका सन्दीपले १ मेडन राख्दै मात्र ७ रन खर्चेर २ विकेट लिएका हुन्।

हाल जारी खेलमा पहिले टस जितेर ब्याटिङ गरेकोे पर्थले सन्दीपको टोलीलाई ८७ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।

पर्थ निर्धारित २० ओभरको खेलमा १३ दशमलव ५ बलमा ८६ रन जोड्दा नै अलआउट भएको हो।

पर्थका लागि जोस इङलिसले ३७ र क्यामेरोन बानक्राफ्टले १० रन जोडे। इनिङस्मा ९ ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्।

सन्दीपले २ विकेट लिँदा मेलबर्नका लागि ज्याक्सन कोलम्यानले २ विकेट लिए भने ग्लेन म्याक्सवेल, हरिस रोफ र नाथन कोल्टर नाइनले समान १–१ विकेट लिए।

अंकतालिकाको शीर्ष स्थानमा रहेको सन्दीपको टोली मेलबर्न स्टार्सले ८ खेलमा जित र १ मा हार व्यहोरको छ।

समान ९ खेलमा ५ मा जित र ४ मा हार भोगेको पर्थ १० अंकका साथ तेस्रो स्थानमा छ। सन्दीपको टोलीले जवाफी व्याटिङ गरिरहेको छ।