बाराका प्रमुख प्रशासकीय अधिकृत थापाको गाडी दुर्घटना

866

बारा ।। घर जाँदै गरेको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर थापाको गाडी दुर्घटना भएको छ ।

निजि प्रयोजनका लागि काठमाडौं लिएर जाँदै गरेको अधिकृत थापाको स्कोर्पियो पिकअप भ्यान मकवानपुरको रातोमाटेमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

कलैयाबाट काठमाडौं हिडेको ना १ ज १५८५ नम्बरको उक्त पिकअपलाई हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना ८ ख ७२४४ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मानबीय क्षती नभएपनी सवारीमा भने क्षती पुगेको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशाकीय अधिकृत थापा कार्यालयमा बिदा लिएर घर जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जानकारी दिनुभयो ।

थापाले आजै कार्यालयमा बिदा लिएर घर हिडेको सहायक प्रमुख जिल्ला अधिकारी मुरारी कार्कीले बताउनुभयाे ।

उनको ब्यक्तिगत प्रयोजनका लागि महागढीमाई नगरपालिकाले सवारी उपलब्ध गराएको बुझीएको छ ।todaypati.com