बस दुर्घटनामा परि एक जनाको मृत्यु

707

कपिलवस्तु ।। कपिलवस्तुमा बस दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. ८ दोहनीमा बस दुर्घटना हुँदा भारतीय नागरिक ३५ वर्षका परमात्मा पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रहरी उपरिक्षक दिप शमसेर जवराले जानकारी दिनुभयो । दुर्घटनामा १२ जना भन्दा बढी घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरी उपरिक्ष जवाराले बताउनुभयो । तौलिहवा–भैररहवा सडकखण्ड अन्तर्रगत भैरहवा जाँदै गरेको लु १ ख ६८१३ नम्बरको बस सडकमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै चालक र सहचालक फरार भएका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।