प्रहरीले १ सय २० लिटर अवैध घरेलु मदिरा नष्ट

753

सप्तरी ।। प्रहरीले १ सय २० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ। आज बिहान (बिहीवार) ईलाका प्रहरी कार्यालय कञ्चनपुरद्वारा १ सय २० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय क्षेत्रभित्रका विभिन्न स्थानमा अवैध रुपमा उत्पादन र बिक्री वितरण गरेको मदिरा जफत गरि नष्ट गरेको हो ।

ईलाका प्रहरी कार्यालय कञ्चनपुरमा स्थानीय पत्रकारको उपस्थितिमा विभिन्न स्थानबाट बरामद १ सय २० लिटर अबैध मदिरा नष्ट गरेको जनाएको छ ।प्रहरीले अवैध घरेलु मदिरा कंचनपुरका पसल लगायतका बजारका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो।

अबैध मदिरा उत्पादन र बिक्रीवितरण भएको गोप्य सुचानाको अधारमा घर तथा पसलहरुमा विभिन्न मितिमा छापा मारी बरामद घरेलु मदिरा नष्ट गरेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी मकेन्द्र कुमार मिश्राले जानकारी दिएका छन ।