नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने

397

काठमाडौं // प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनित्रिसभाको रिक्त सभामुख पदमा उम्मेदवारी नदिने भएको छ।

मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो।

संसदीय दलले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको सचेतक पुष्पा भुसालले बताइन्। ‘नेकपाको बहुमत रहेको र सभामुख पद तटस्थ भएका कारण कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको छ’, कुरा गर्दै सचेतक भुसालले भनिन।

सत्तारुढ दल नेकपाले सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। संसदमा नेकपाको एकल बहुमत रहेका कारण सापकोटा सभमुख बन्ने निश्चितजस्तै छ।

 सभामुखमा उम्मेदवारी दर्ताका लागि विहान ११ देखि २ बजेसम्मको समय तोकिएको छ। सभामुखका लागि १२ गते निर्वाचन गर्ने कार्यतालिका रहेको छ। याे समाचार नेपालखबरमा राखिएकाे छ ।