जग्गा प्रकरणमा जोडिएका ढकालको घरमा बम विस्फोट

499

काठमाडौ ।। काठमाडाैंकाे बनस्थलीमा बुधबार साँझ बम विस्फाेट भएकाे छ।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा आराेपी शोभाकान्त ढकालको नागार्जुन नगरपालिका-१ स्थित नर्सरी चाेकमा रहेकाे घरमा बम विस्फोट भएको हाे।

घटनास्थलमा प्रहरी र सशस्त्रकाे टाेली पुगेकाे छ। बिस्फाेटमा कुनै मानवीय क्षति नभएकाे प्रहरीले जनाएकाे छ।

‘गेटमा बिस्फाेटक पदार्थ बिस्फाेट भएकाे छ,’ काठमाडाैं प्रहरीका डीएसपी हाेविन्द्र बाेगटीले भने ‘घरका शिसाहरू फुटेका छन्।’घटनाकाे थप विवरण आउन बाँकी छ।नेपालखबर