छोरी शिक्षा विमा सप्ताह भोली देखी शुरु हुँदै

587

जनकपुरधाम, माघ १ । मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाउ अभियान अन्तर्गतको छोरी विमा सप्ताह भोली विहीवार देखी आठ बटै जिल्लामा एकसात शुरु हुने भएको छ ।
अभियानको शुभारम्भ मा. मुख्यमन्त्री लालबाबु राउतले विरगंज को त्रियुद्ध मावि बाट गर्नु हुने छ । त्यसै गरि बाराको सिद्धेश्वर मावि कलैया, रौतहटको बाल मन्दिर गौर, सर्लाहीको इश्वरपुर नपाको कार्यालय , महोत्तरीको लचमु मावि जलेश्वर, धनुषाको लक्ष्मिनिया गाउ पालिकाको कार्यालय, सिरहाको कल्याणपुर नपा स्थित रेडक्रस भवन र सप्तरीको बोदेबरसाइन चन्द्र माविबाट एक साथ शुरु हुने भएको छ ।
यो अभियान एक महिना सम्म गाँउपालिकामा १ दिन, नगरपालिकामा २ दिन, उपमहानगरमा ३ दिन र महानगरमा ४ दिन शिविर संचालन हुने जनाइएको छ।