चन्द्रपुर उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

757

रौतहट। विराटनगर महानगरपालिकामोरङ र वालिङ नगरपालिका स्याङ्जा रौतहटको चन्द्रनिगहपुरमा जारी चन्द्रपुर उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

चन्द्रनिगाहपुरमा रहेको स्वर्गीय शेरबहादुर दर्लामी हातेमालो खेल मैदानमा भएको पहिलो खेलमा सुर्खेतको वीरेन्द्र नगरपालिकालाई ३–० ल पराजित गर्दै वालिङले अन्तिम चारको यात्रा तय गरेको हो ।

वालिङको जितमा सरस्वती हमालले दुई तथा मनमाया दमाईले एक गोल गरिन् । खेलको ५०औं मिनेटमा सरस्वतीको गोलबाट वालिङले अग्रता बनाएको थियो । ७२औं मिनेटमा मनमाया दमाईले गोल गर्दै वालिङलाई २–० ले अघि बढाइन् । ८०औं मिनेटमा सरस्वतीले व्यक्तिगत दोस्रो गाल गर्दै वालिङलाई ३–० को जित दिलाइन् ।

बुधबारै भएको अर्काे खेलमा विराटनगर महानगरपालिका मोरङले बासगढी नगरपालिका बर्दियालाई १–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भयो । विराटानगरकी कुसुम खतिवडाले दोस्रो हाफमा गरेको गोल नै सेमिफाइनल पुग्न पर्याप्त बन्यो । यसअघि मंगलबार रौतहटको चन्द्रपुर नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको थियो । विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।