घरमा राखिएको बम सेनाद्वारा डिस्पोज

559

वीरगञ्ज – नेशनल मेडिकल कलेज वीरगञ्जका सन्चालक बसरुद्धिन अन्सारीको घरको मुल गेटमा राखिएको बम डिस्पोज गरिएको छ । सोमबार बिहान साढे ८ बजेको समयमा अन्सारीको घरमा भेटिएको बमलाई नेपाली सेनाको श्री चण्डी प्रसाद गणबाट गएको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।

अन्सारीको घरमा भेटिएको शंकास्पद बस्तु बम नै भएको चण्डी प्रसाद गणका सेनानी नर बहादुर बिष्टले जानकारी दिए । प्रेसर कुकर भित्र २ वटा डेटोनेटर र ब्याट्रीको चार्ज बनाएर बिस्फोटक पदार्थसहित फिट गरिएको सेनानी बिष्टले बताए । देश सञ्चार